हेटौंडाका तीन विद्यालय एकैदिन बालमैत्री घोषणा

तु खबर संवाददाता
२०८० फाल्गुन २३, बुधबार ०९:२८

मकवानपुर । मकवानपुरको हेटौंडामा एकैदिन तीन विद्यालय बालमैत्री घोषणा भएका छन् । मंगलबार एक संस्थागत र दुई सामुदायिक विद्यालयल बालमैत्री घोषणा भएका हुन् ।

हेटौंडा–८ कमानेस्थित चन्द्रोदय मावि र हेटौंडा–१६ स्थित जनप्रिय प्राविधिक माविले एक कार्यक्रमबीच बालमैत्री विद्यालय घोषणा गरेको हो ।

यस्तै, मंगलबार नै हेटौंडा–२ मा रहेको बालजागृति इङ्गलिस सेकेन्डरी स्कुलले पनि बालमैत्री घोषणा घोषणा गरेको हो ।

तीन वटै विद्यालयले उपमहानगरपालिकाले तोकेको ११ वटा सूचक अन्तरगतका २६ वटै कार्य पार गरेकोले आ–आफ्नै विद्यालय प्राङगणमा आयोजित कार्यक्रममा बालमैत्री घोषित गरेको हो ।