बेपत्ता भएका बालक हेटौंडामा भेटिए

तु खबर संवाददाता
२०८० फाल्गुन २०, आईतवार १५:५१

मकवानपुर । चितवनबाट बेपत्ता भएका १३ वर्षीय बालक हेटौंडामा भेटिएका छन् । बुधबार दिउँसो विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका बालक निकेश बराल बिहीबार भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ती बालक भरतपुर महानगरपालिका–१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययन गर्दथे ।

उनी किन, कसरी हेटौंडा आइपुगेको भन्ने बारेमा भने प्रहरीले खुलाएको छैन ।

पोखरा महानगरपालिका–१३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बस्दै आएका थिए ।