गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार ०९:०७
सांकेतिक तस्वीर

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय लक्ष्मीराज जैसी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो । आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा जैसीको आगोमा जलेर मृत्यु हो ।

गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर जैसीको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको हो । उनको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ ।

मधुवन नगरपालिका दमकलको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीले राती ११ बजे आगो नियन्त्रणमा लिएका थिए ।