मकवानपुरका किसानहरु आन्दोलनमा उत्रिए

तु खबर संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १७:०९

मकवानपुर । दूधको पैसा नपाएपछि मकवानपुरका किसानहरु आन्दोलनमा उत्रिएका छन् । बिहीबार मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आन्दोलनलाई ऐक्वबद्धता जनाउँदै हेटौंडामा प्रदर्शन गरेको हो ।

प्रर्दशनमा मकवानपुरका करिब ६ हजार दुग्ध किसानको उपस्थिति रहेको थियो । उनीहरुले राजमार्ग बन्द गरेका थिए ।

प्रदर्शनमा मकवानपुरको बकैया र बागमती गाउँपालिका, हेटौंडा–१७, १८ र मकवानपुरगढी गाउँपालिकादूध किसानहरु सानोपोखरा चोकमा, भीमफेदी र पुरानो मकवानपुरगढी गाउँपालिका–५ र ६ का किसानहरु चौकीटोलमा, हेटौंडा–१९, ३ र ११ तथा मनहरी गाउँपालिकाका किसान राप्ती पुलमा, मनहरी १ र हेटौंडा १२, १३, १४ र १५, ७ र ८ का किसानहरु कर्रा पुलमा भेला भएर दिउँसो साढे बजे बुद्धचोकमा जम्मा भई विभिन्न ब्यानर तथा प्लेकार्डसहित र्याली सुरु गरेका थिए ।

र्याली राप्ती रोड, जिल्ला प्रहरी कार्यालय, बसपार्क, राम मन्दिर, मेनरोड, उद्योग वाणिज्य संघबाट चौकीटोल ओरालो सहकारी मन्त्रालयसम्म पुगेर कोणसभामा परिणत भएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलले जानकारी दिए ।