निर्मल माविको अध्यक्षमा पुनः अमृत ओली
मकवानपुर । मकवानपुरको हेटौंडा–, बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः अमृत ओली चयन भएका छन् ।
बुधबार बसेको व्यवस्थापन समितिको बैठकबाट उनी दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् ।
यसअघि गत माघ १९ गते ४८ औं अभिभावक भेला सम्पन्न भएको थियो । अभिभावक भेलाका दिन सहमति जुट्न नसकेपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुन सकेको थिएन ।
बुधबार विद्यालय व्यवस्थापन समितिमा अभिभावकको प्रतिनिधिमा ओलीसहित पूर्णबहादुर घलान, सानुमाया मुक्तान र सन्चमाया गोले चयन भएका थिए ।
वडा प्रतिनिधिमा वडाध्यक्ष नरनाथ सुवेदी, शिक्षक प्रतिनिधिमा प्रेमबहादुर जिम्बा चयन हुनुभएपछि नवनिर्वाचित समितिले सुमित्रा दुुलाल र तीर्थराज दाहाललाई सदस्य मनोनित गरेको थियो । नवनिर्वाचित समितिको ३ वर्षे कार्यकाल रहनेछ ।
