मकवानपुरको बकैयामा आज शोक विदा

तु खबर संवाददाता
२०८० फाल्गुन १७, बिहीबार ०८:०६

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आज फागुन १७ गते शोक विदा दिएको छ ।

बकैया–७ का वडा सदस्य रामकुमार तितुङको बुधबार भएको असहमाहिक निधनपछि पालिकाले एक सूचना जारी गर्दै बिहीबार शोक विदा दिने जानकारी गराएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी गरिएको सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरुमा बिहीबार शोक विदा दिइएको उल्लेख छ ।

४० वर्षीय वडा सदस्य तितुङको बिजुलीको पोल ढलेर लाग्दा आज बिहान मृत्यु भएको हो । मंगलबार दिउँसो साढे १ बजेको समयमा आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल (करेन्ट नभएको) ढली लाग्न गई उनी गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भवन नभएपछि मंगलबार अपराह्न नै चिवतनको मेडिकल कलेज भरतपुरमा लगिएको उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।