हेटौंडामा बागमती प्रदेश सर्वदलीय बैठक जारी

तु खबर संवाददाता
२०८० फाल्गुन १३, आईतवार १५:५५
file-photo

मकवानपुर । प्रदेशसभा बैठक संचालको लागि आह्वान गरिएको बागमती प्रदेश सर्वदलीय बैठक हाल जारी छ ।

सभामुख भुवनकुमार पाठकले आइतबार २ बजेका लागि आह्वान गरिएको सर्वदलीय बैठक एक घण्टा ढिला गरी कही बेरअघि सुरु भएको हो ।

बैठकमा सभामुख पाठकसहित मुख्यमन्त्री शालिकराम जम्कट्टेल, उपसभामुख अप्सरा चापागाईं, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, प्रमुख सचेतक मधुसुदन पौडेल, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता एवम् उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार रहेका छन् ।

यसैगरी, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकाल, राप्रपा संसदीय दलका नेता उद्धव थापा, हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य छन् ।

सो बैठकले सत्तापक्ष र प्रतिपक्षबिचको विवाद समाधान गर्ने बताइएको छ ।