मकवानपुरमा दादुरा/रुबेलाविरुद्धको खोप लगाइने
मकवानपुर । मकवानपुरमा आगामी फागुन १३ गतेदेखि दादुरा/रुबेला रोगविरुद्धको खोप लगाइएको भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरद्वारा बुधबार आयोजित दादुरा/रुबेला खोप सम्बन्धि अन्तरक्रिया कार्यक्रम सो बारे जानकारी गराइएको हो ।
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारले फागुन १३ गतेदेखि ७ दिनसम्म दादुरा/रुबेला रोगविरुद्धको खोप अभियान संचालन हुनेबारे जानकारी गराएका हुन् ।
उनका अनुसार, उक्त खोप जिल्लाका ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लगाइनेछ ।
देशैभर चलिरहेको दादुरा/रुबेला खोप अभियान २०८०/०८१ ले रोगहरुको नियन्त्रण गर्नुका साथै, अपाङ्गता र मृत्युदरलाई घटाउने मुख्य उद्देश्य रहेको उनको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरकि प्रमुख मीना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई, जिल्ला समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, समितिका उपप्रमुख सानुकाजि लुईटेल, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजार,गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटालगायतको सहभागिता रहेको थियो ।
