मकवानपुरमा रुखबाट लडेर एक जना घाइते

तु खबर संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १६:५७

मकवानपुर । मकवानपुरमा रुखबाट लडेर एक जना घाइते भएका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ४ जयसिङतालमा सोमबार रुखबाट लडेर एक जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, घाइते हुनेमा स्थानीय ८१ बर्षीय ईन्द्र बहादुर थिङ रहेका छन् । थिङ आफ्नो घर नजिक कटमरेको रुखमा घाँस काट्न चढ्ने क्रममा लडेर ढाड र करङमा चोट लागेर घाइते भएका हुन् ।

घाइते थिङको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जनाइएको छ ।