प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन
मकवानपुर । ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय वन विज्ञान संकाय हेटौंडा ईकाइ समितिद्वारा दीप प्रज्वलन गरिएको छ ।
प्रजातन्त्र प्राप्त गर्न योगदान गर्नेहरुको सम्झना एवम् आम नागरिकको अधिकार र स्वतन्त्रताका पक्षमा प्रजातन्त्र प्राप्त भएको दिनको स्मरणमा नेपाल विद्यार्थी संघले सोमबार हेटौंडामा दीप प्रज्वलन गरेको हो ।
नेपाल विद्यार्थी संघ वन विज्ञान संकाय हेटौंडा ईकाइ समिति सभापति अस्मित घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मिलन पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ११ का सदस्य विकास नेपाल, प्रजातन्त्रवादी कर्मचारी संघ वन विज्ञान संकाय हेटौंडा उप सभापति राम कृष्ण भट्टराई, स्वतन्त्र विद्यार्थी युनियन वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पस सभापति दिपेन्द्र कँडेल, निवर्तमान ईकाइ समिति वरिष्ठ उप सभापति सुवर्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
