मैत्रीपूर्ण फुटबलमा युवा संघ मकवानपुर विजयी
मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सोमबार मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आयोजना गरिएको छ ।
नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल, मकवानपुर र प्रेस चौतारी नेपाल मकवानपुरबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।
हेटौंडा–५ क्याम्पाडाँडामा रहेको खेल मैदानमा भएको मैत्रिपूर्ण फुटबलमा युवा संघ विजयी भएका छन् । प्रेस चौतारीलाई ६–० गोल अन्तरले पराजित गर्दै युवा संघले विजयी हाँसिल गरेको हो ।
आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियोगीताको प्रचारका लागि मैत्रीपुर्ण सेभेन ए साईड फुटबल आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका संयोजक राजेश नगरकोटीले जानकारी दिए ।
सो प्रतियोगिताको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
