टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८० फाल्गुन ७, सोमबार १५:३९
file photo

काठमाडौं । पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ९ बजेको समयमा लु २ ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर टिपर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनिष परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट इन्सपेक्टरको कमाण्डमा टोली खटिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।