मकवानपुरका एक पुरुष मृत भेटिए
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान एक पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्लाको जिल्ला उपमहानगरपालिका वडा नम्वर ११ चधेरीटोलमा अन्दाजी ४६ वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएका हुन् ।
मृत भेटिनेमा जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ४ घर भई हेटौंडा–११ मा डेरागरी बस्ने राजु सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, राजु घरदेखी अन्दाजी १५० मिटर दक्षिण सिसौको रुखमा पलाष्टिकको डोरीको पासो लगाइ झुण्डिीएको अवस्थामा मृत फेला परेका हुन् ।
मृतक राजुको शव पोष्पमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
