आफैले काट्दै गरेको रुखले च्यापिएर किशोरको मृत्यु

तु खबर संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार १७:३०
सांकेतिक तस्वीर

बैतडी । बैतडीमा शुक्रबार दिउँसो आफैले काट्दै गरेको रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेय रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार, रुखले च्यापिएर टाउकोमा गम्भीर चोट लागेका उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक पाटन नगरपालिका वडा नं–१ स्थित सिद्धेस्वर मावि मेल्चौरामा कक्षा १० मा अध्ययनरत थिए । उनको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।