नेकपा एमाले सचिवालय बैठक जारी

तु खबर संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १७:३०

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक हाल जारी छ । बैठक ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बसिररहेको हो ।

उक्त बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

बैठकले पार्टीको केन्द्रीय कमिटीको बैठकको मिति, छलफलको एजेण्डा र पार्टीले हालै गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा गर्ने जनाइएको छ ।