हेटौंडा उपमहानगरपालिकाद्वारा पाँच जना पत्रकार पुरस्कृत

तु खबर संवाददाता
२०८० फाल्गुन १, मंगलवार १७:२४

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा पाँच जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ ।

उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा विभिन्न विधामा पाँच जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत हुनेहरुमा गणेश दुलाल, अमृत चिमोरिया, भावना रिजाल, सुनिता विष्ट र निशा गुरुङ रहेका छन् । उनीहरुलाई जनही १५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।

यस्तै, उपमहानगरापलिकाले विभिन्न विधामा कलाकार तथा खेलाडी, कृषक, उद्यमी, करदाता, सामाजिक संघसंस्था र कर्मचारीहरुलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।