दुर्घटनामा परेर अनुसन्धानका पूर्व अधिकारीको मृत्यु

तु खबर संवाददाता
२०८० माघ २५, बिहीबार ०८:३६
file photo

बारा । दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको छ ।

मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका पूर्व अधिकारीलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधबार बडहर्वा चोकमा ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका–७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा निवृत्त भएका थिए ।

ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएर फरार त्यसका चालकको व्यापक खोजी भइरहेको जनाइएको छ ।