हेटौंडामा सवारी दुर्घटना, ११ जना घाइते

तु खबर संवाददाता
२०८० माघ २४, बुधबार ०९:४२

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ सान्नानिटारस्थित पुर्व–पश्चिम सडकखण्डमा मंगलबार सवारी दुर्घटना भएको छ ।

बिरगंजबाट धनगढी तर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ न.को यात्रु बाहक बसको पट्टा भाचिन गई अनियन्त्रित भई मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ च २९३२ नम्वरको बलेरो पिकअप गाडीसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर बसमा सवार २६ जना यात्रुहरूमध्ये ११ जना घाईते भई उपचारको लागि चुरेहिल अस्पताल हेटांैडा पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेमध्ये हेटांैडा–१९, नेवारपानी बस्ने ३२ वर्षीया बिमला श्रेष्ठ र देश भारत बिहार राज्य पश्चिम चम्पारन १३ बस्ने ४५ वर्षीय हिरालाल शर्माको अवस्था मध्यम रहेको छ भने अन्य सामान्य रहेका छन् । उनीहरु दुबै जनाको टाउकोमा चोट लागेको छ ।

प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।