राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आह्वान
काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो ।
संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो ।
पहिलो बैठकले ६ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा तीन तहबिच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो ।
सो बैठकमा भाग लिन मुख्यमन्त्रीसहित परिषद्का सदस्यहरू काठमाडौँ आइसकेका छन् ।
