भिमफेदीमा टिपर दुर्घटना, एक जना घाइते

तु खबर संवाददाता
२०८० माघ २३, मंगलवार ०९:५१

मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको भैंसे–हेटौंडा सडकखण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर १ बाघझोरास्थित बा.प्र.०३–००१ क ५४३ नम्वरको खाली टिपर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना हुँदा एक जना घाइते भएका हुन् ।

हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको उक्त टिफर दुर्घटना हुँदा टिफर चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडा बस्ने अन्दाजी २० वर्षीय काशी राज सिलवाल घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सिलवालको ढाडमा भित्री चोट लागेको छ । घाइते उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको छ ।

टिपर घटनास्थलमै रहेको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।