ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०८० माघ २२, सोमबार १८:०१
file photo

कपिलवस्तु । कपिलवस्तुमा सोमबार सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा लु.४ त ५१११ नम्बरको ट्याक्टरले लु.५५ प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने १७ वर्षीय ईश्वर थारू रहेका छन् । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । घाइते हुनेमा बुद्धपोलिक्लिनिक गोरुसिंगेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।