अब सांसदहरुको दैनिक उपस्थिति सार्वजनिक गरिने

काठमाडौं । अबदेखि संसदमा उपस्थित हुने सांसदहरुको विद्युतीय हाजिरी हुने र दैनिक सार्वजनिक गरिने भएको छ ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू गर्ने निर्णय अनुसार उक्त व्यवस्था गर्ने निर्णय गरेको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा सांसदहरुको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा गरेको जानकारी दिए ।