एमाले धादिङको अधिवेशन अनिश्चितकालका लागि स्थगित
काठमाडौं । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अधिवेशन अनिश्चितकालको लागि स्थगित गरेका हुन् ।
उनले जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठीले अधिवेशनमा जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्दा असहज अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको र त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।
