मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु

तु खबर संवाददाता
२०८० माघ १९, शुक्रबार ०८:२८
file photo

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६, सुनादेवी मन्दिर अगाडि पूर्व–पश्चिम सडकखण्डमा बिहीबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १७९६ न.को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्र. ०६ ००१ प ४५३७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चितवन माडी नगरपालिका वडा नम्वर १२ बस्ने २० वर्षीय कोरेस चेपाङ रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनापश्चात ट्रक चालक फरार रहेकोले उनको खोजतलास गर्नुका साथै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।