जुम्लामा हिउँ पर्यो, किसान खुसी
जुम्ला । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।
सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । यस वर्षको हिउँदेयामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ ।
माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने चिन्तामा रहेका किसानहरु हिउँ परेपछि जौ र गहुँबालीमा हिउँले निकै राहत भएको भनि कृषक खुसी भएको कृषि विकास कार्यालयले जनाएको छ ।
स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकाया बताए ।
जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा प्रभावित बनेको छ ।
