हेटौंडामा श्रद्धाञ्जली अर्पण गरेर सहिद दिवस मनाइयो

तु खबर संवाददाता
२०८० माघ १७, बुधबार ०८:५१

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सहिद दिवस २०८० मनाइएको छ ।

सहिद दिवसको अवसरमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरस्थित सहिद स्मारकमा मंगलबार पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

बागमती प्रदेशका सभा भुवनकुमार पाठक, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिवहरु, नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीका उच्चअधिकृतहरु र विभिन्न राजनीति दलका नेताहरुको उपस्थितिमा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

सो अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टुकडीले सलामी अर्पण गरिएको थियो ।

यसैगरी, सहिद दिवसको अवसरमा सहिद स्मारकको परिसर भित्र सञ्चालनमा रहेको घरेलु प्रवद्र्धन प्रदर्शनी मेलाको पनि बागमती प्रदेशका प्रदेश प्रमुख शर्मा, सभामुख पाठक, मन्त्रीगण र पूर्व मुख्यमन्त्री पौडेलले आज स्थलगत अवलोकन गरेका थिए ।