बागमती प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत

तु खबर संवाददाता
२०८० माघ १५, सोमबार १६:०५

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष थारु आयोगको कार्यसम्पदान सम्बन्धि पाँचौं वार्षिक प्रतिवेदन २०७९/०८० प्रस्तुत गरिएको छ ।

सोमबार हेटौंडामा एक कार्यक्रमबीच थारु आयोगकी सदस्य शान्ति मोदीले सो आयोगको कार्यसम्पदान सम्बन्धि प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष प्रस्तुत गरेकी हुन् ।

सो क्रममा प्रदेश प्रमुख शर्माले उक्त वार्षिक प्रतिवेदन ग्रहण गर्दै थारु समुदायको लागि आयोगले राष्ट्रिय मूल प्रवाहमा ल्याउने रणनीतिगत कार्यक्रम प्रतिवेदनमा उल्लेख भए अनुसार कार्यान्वयन गर्न प्रदेश सरकारलाई आग्रह गर्ने बताए ।

यस्तै, आयोगका सदस्य मोदीले आयोगले थारु समुदायको शैक्षिक उत्थान, स्वास्थ्य उपचार, सुकुमवासीहरुलाई स्थायी बसोबास गराउनेलगायत प्रतिवेदमा उल्लेख गरिएको कार्यसम्पदानहरु प्रदेश सरकारले कार्यान्वयन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुनुपर्ने बताइन् ।