बसको ठक्करबाट पौडेलको मृत्यु
रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बिहान ४ बजेको समयमा सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चन्द्रपुर ५ बस्ने ५५ बर्षका बोधनाथ पौडेल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बसको ठक्करबाट पौडेललको घटनास्थलमै मृत्यु भएको हो ।
बिहान मर्निङवाकमा निस्केका पौडेललाई चन्द्रनिगाहपुरमा रहेको जगत पेट्रोल पम्म अगाडी बसले ठक्कर दिएको थियो ।
ठक्कर दिने बस र बसका चालक चन्द्रपुर नगरपालिका ४ बस्ने विजय राईलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
