दुर्घटनामा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० माघ १२, शुक्रबार ०८:४४
file photo

खजुरा । कोहलपुर नगरपालिका–१४ पर्वतिपुरमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनीबस र न ५ ख ८५६६ नम्बरको ट्रक पर्वतिपुरस्थित आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्रकका मालिक रुपन्देही देवदह नगरपालिका–६ खैरेनी बस्ने रामकृष्ण गोतामे रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनामा परेर मिनी बसमा सवार रुकुमपश्चिम सानोभेरी गाउँपालिका–३ चौकी बस्ने लोकेन्द्र विक र उहाँकी श्रीमती रमकला विक भने घाइते भएका छन् ।