राष्ट्रियसभा चुनावः सुदूरपश्चिममा गठबन्धनका तीनै जना निर्वाचित
कैलाली । राष्ट्रियसभा सदस्य चुनावअन्तरगत सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।
बिहीबार अपराह्नमा सम्पन्न मत गणना अनुसार, महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ काँग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन् ।
उनीहरुले क्रमशः ४ हजार ४५३ मत र ४ हजार ४१९ मत प्राप्त गरे । अन्यतर्फ निर्वाचित भएका बोहराको भने मतभार आइसकेको छैन ।
