राष्ट्रिय युवा संघ मकवानपुरको संयोजकमा नगरकोटी
मकवानपुर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको संयोजकमा राजेश नगरकोटी चयन भएका छन् ।
बुधबार हेटौंडामा भएको विस्तारित बैठकबाट नगरकोटीको संयोजकत्वमा ७७ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।
यस्तै, कमिटिको सहसंयोजकमा सविन लामा चयन भएका छन् ।
विस्तारित बैठक राष्ट्रिय युवा संघ नेपाल मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेतीको अध्यक्षता एवम् राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यतामा बसेको हो ।
