आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०८० माघ ७, आईतवार १५:४२

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

गत साताको बिहीबारको तुलनामा आज शेयर बजारमा गिरावट आएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा पुगेर रोकिएको हो ।

यस्तै, आइतबार ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच भएको छ भने ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँको कारोबार भएको जनाइएको छ ।

बजार ओरालो लागेसँगै आइतबार ११ उपसूचक राताम्य भएका छन् ।