दुर्घटनामा परेर दुई विद्यार्थीको मृत्यु
वीरगंज । वीरगंजमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, मृतक दुवै जना वीरगंजको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।
दुर्घटनामा परेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
