प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

तु खबर संवाददाता
२०८० माघ ७, आईतवार १०:००
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) तीन दिने युगान्डा भ्रमण सकेर आज बिहानै स्वदेश फर्किएका छन् ।

युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिन गएका उनी स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री प्रचाण्ड गत माघ ४ गते राति युगान्डातर्फ प्रस्थान गरेका थिए ।

सम्मेलनमा उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।