सभामुख घिमिरले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्ने

तु खबर संवाददाता
२०८० माघ ७, आईतवार ०७:५७
file-photo

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुलाई छलफलमा बोलाएका छन् ।

घिमिरेले आइतबार बिहान ११ बजे बस्ने गरी समितिका सभापतिहरुलाई छलफलमा बोलाएका हुन् ।

छलफलका लागि बोलाए पनि के विषयमा छलफल हुने भनेर जानकारी नगराएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।