प्रेस चौतारी मकवानपुरको दुई दिने कार्यशाला सुरु

तु खबर संवाददाता
२०८० माघ ५, शुक्रबार १७:१०

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावना विषयक दुई दिने कार्यशाला आजबाट सुरु भएको छ ।

उक्त कार्यशाला प्रेस चौतारी नेपाल, जिल्ला कमिटी मकवानपुरको आयोजनामा सुरु भएको हो । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमबीच उक्त कार्यशालाको उद्घाटन् गरेका हुन् ।

सो क्रममा उनले समयसापेक्ष रुपमा पत्रकारहरुले पनि आफुलाई तिखार्न जरुरी रहेको उल्लेख गर्दै अब यो÷त्यो संगठन भनेर लाग्नु भन्दा पनि व्यावसायीक पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

यस्तै, कार्यशालामा प्रदेशको सञ्चार रजिष्टार रेवती सापकोटाले ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावनाका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, मकवानपुर उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि हुमागाईं, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यशालाको उद्घाटन कार्यक्रम प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको हो ।