आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
अघिल्लो दिनको तुलनामा आज छापावाल सुन प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुन प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
भाउ बढेसँगै आज तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा करोबार भएको थियो । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।
