डुङ्गा डुब्दा १४ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० माघ ५, शुक्रबार १४:४६
file photo

गुजरात । गुजरातको वडोदरास्थित हरनी तालमा बिहीबार डुङ्गा डुब्दा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ बालबालिका र अन्य २ जना रहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

साथै उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । एजेन्सी