कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई
काठमाडौँ । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विहान युगान्डा प्रस्थान गरेसँगै कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उनले पाएका हुन् ।
राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका हुन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डाको राजधानी कम्पालामा हुँदैछ ।
