पृथ्बी जयन्तीको अवसरमा राप्रपा नेपालको चियापान
मकवानपुर । राप्रपा नेपाल मकवानपुरले ३०२ औँ पृथ्बी जयन्तीको अवसरमा चियापान गरेको छ ।
जिल्ला सभापति गुरुप्रसाद सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य गणेश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै थापाले घुस लिने र दिने दुवै मुलुकको सत्रु भएको बताए । उनले पृथ्बीनारायण शाहले पुर्याएको योगदानको उच्च कदर गरे ।
कार्यक्रममा नगर अध्यक्ष प्रेमलाल श्रेष्ठ, जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटालगायतले राष्ट्र निर्माता पृथ्बीनारायण श्रेष्ठको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको सचिव भृगु कार्कीले जानकारी दिए ।
आज साँझ ५ बजे बुद्धचोकमा द्वीप प्रज्वलन कार्यक्रम रहेको समेत उनले जानकारी दिए ।
