आज तमु ल्होसार, सार्वजनिक विदा

तु खबर संवाददाता
२०८० पुष १५, आईतवार ०९:३८
file-photo

मकवानपुर । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्वको उपलक्ष्यमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।

गुरुङ बाहुल्य गण्डकीका खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाउँदै आएका छन् ।

पर्वको अवसरमा टुँडिखेलमा सांस्कृतिक कार्यक्रमका साथै गुरुङ समुदायका परिकारको समेत प्रदर्शनी गरिन्छ ।