सीपमूलक तालिम संचालन गर्दै भीमफेदी गाउँपालिका
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले विभिन्न सीपमूलक तालिम संचालन गर्ने भएको छ । पालिकाले युवालाई लक्षित गरेर विभिन्न तालिम गर्ने गर्ने भएको हो ।
पालिकाले स्थानीय युवालाई स्वरोजगार बनाउने, सीप सिकाउने भन्दै आधारभूत मोबाइल रिपेयरिङ, जेन्स हेयर कटिङ विकास तालिम, गार्मेन्ट सीप विकास तालिम र वर्कसप विकास तालिमको आयोजना गर्न लागिएको हो ।
पालिकाका ९ वटै वडामार्फत सीप सम्बन्धी तालिममा इच्छुकहरुको निवदेन संकलन गरेर छनौट गरी तालिममा सहभागी गराइने पालिकाद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
पालिकाले आधारभूत मोबाइल रिपेयरिङ तालिम, जेन्स हेयर कटिङको तालिम, गार्मेन्ट तालिम, आधारभुत सिलाई कटाईको तालिममा सहभागि हुन सबैलाई आग्रह गर्दै पालिकाले तोकिएको कागजपत्रसहित निवेदन दर्ता गर्न भनिएको छ ।
उक्त तालिमा १८ वर्ष भन्दा माथि र ४५ वर्षभन्दा कम उमेर समूहका व्यक्ति सहभागि हुन पानउने पालिकाले जनाएको छ ।
