आज नेप्से ३ अंकले घटेर १८४७.८१ को विन्दुरमा पुग्यो

तु खबर संवाददाता
२०८० मंसिर १८, सोमबार १५:५१

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से ३.२ अंकले घटेर १८४७.८१ को विन्दुमा पुगेर रोकिएको थियो ।

ययसअघि आइतबार नेप्से ८ दशमलव ९ अंकले घट्दा १८५१ दशमलव २३ को विन्दुमा पुगेर रोकिएको थियो ।

यस्तै, आज नेप्सेमा सूचीकृत २४२ कम्पनीको ३८ लाख ९६ हजार २ सय ८७ कित्ता शेयर खरिदबिक्रि भएको द्ध भने १ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसअघि आइतबार नेप्सेमा २९३ सूचीकृत कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता शेयर खरिदबिक्रि हुँदा ९६ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।