बागमतीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन् ।
मुख्यमन्त्री जम्मकट्टेलले दिउँसो १ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरुसँगको छलफलपछि मुख्यमन्त्री जम्मकट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
उक्त बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफल हुने जनाइएको छ ।
यस्तै, बैठकमा बागमती प्रदेशको संसदीय समितिको सभापति चयनका गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।
