कोशी प्रदेश सभाबाट बजेट पारित
विराटनगर । कोशी प्रदेश सभा बैठकबाट विनियोजन विधेयक (बजेट) सर्वसम्मतिले पारित भएको छ ।
अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेश सभामा छलफलमा रहेको उक्त बजेट पारित गरिएको हो ।
मुख्यमन्त्री केदार कार्कीले मङ्सिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । ्
प्रस्तुत बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्ताव गरिएको थियो ।
यसअघि विनियोजन विधेयकको सैद्धान्तिक छलफलका क्रममा भने सत्तारूढ दलसहित एमाले र राप्रपाले पनि तीव्र असन्तुष्टि व्यक्त गरेका थिए ।
