अनेरास्ववियु बागमती प्रदेशको अध्यक्षमा बुढाथोकी
मकवानपुर । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा एलबी बुढाथोकी चयन भएका छन् ।
शनिबार हेटौंडामा सम्पन्न अनेरास्ववियुको प्रथम अधिवेशनबाट बुढाथोकीको संयोजकत्वमा ९ पदनधिकारीसहित ५१ सदस्यीय कमिटी गठन गरिएको हो ।
यस्तै, कमिटीको ३ उपाध्यक्षमा क्रमशः युवराज दाहाल, अच्युत उप्रेती, निशा पुडासैनी चयन भएका छन् । यस्तै, सचिवमा प्रकाश कालाखेती, सहसचिव प्रशान्त जङ्ग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा चयन भएका छन् ।
यसैतरी, कमिटीको कोषाध्यक्षमा अमृत बर्तौला र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भएका छन् ।
