मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर ८, शुक्रबार १०:३९
सांकेतिक तस्वीर

पोखरा । पोखरामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखरा ५ मालेपाटनमा १९ प ९३३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा टंकबहादुर कुमाल मगर रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मोटरसाइकल चालक थरबत थापा घाइते छन् । घाइते उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।