एमाले मकवानपुरको शुभकामना तथा चियापान कार्यक्रम
मकवानपुर । नेकपा एमाले मकवानपुरले शुक्रबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
एमाले मकवानपुरले नेपालीहरुको महान पर्व बडादसैँ, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना तथा चियापान कार्यक्रको आयोजना गरेको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुरका इन्चार्ज देवि ज्ञवाली, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, एमालेका सचेतक तथा मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बर्तौला, एमाले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलिया, एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने, रामेश्वर राना र अर्का केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य भारती पाठकको आतिथ्यता रहेको थियो ।
यसैगरी कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तान, बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी, एमाले नेता अनन्त पौडेल, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको पनि आथिथ्यता रहेको थियो ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरु, नागरिक समाज एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
