बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बिहीबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख शर्माले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश संचारमाध्यक व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश सभाबाट पारित भई आएको ती दुबै विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।
