दुर्घटनामा परेर युवकको घटनास्थलमै मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक २३, बिहीबार १०:०४
file photo

बाँके । बाँकेको कोहलपुर–२ प्रेमनगर नजिकै कृषि चोकमा गएराति सवारी दुर्घटनामा परेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको घटनास्थलमै मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सुदूरपश्चिमबाट काठमाडौंतर्फ जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।